Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनशनको २३औं दिनमा शिक्षा सचिवले भेटे डा. केसी


    मंगलबार, असोज २० २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका ६ बुँदे माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्। अनशन सुरु भएको २३औं दिनमा पहिलोपटक सरकारी अधिकारी डा. केसीलाई भेटेका हुन् ।

    डा. केसीसँग भेटेका सचिव मैनालीले डा. केसीका मागका विषयमा छलफल गर्न सरकारले हालसम्म कुनै पनि वार्ता टोली गठन नगरेको जानकारी गराएका छन्। उनले डा. केसीलाई अनशन फिर्ता लिन आग्रह गरे । 

    मंगलबार शिक्षा सचिव मैनाली ३ जनाको टोलीको नेतृत्व गर्दै डा केसीलाई भेट्न त्रिवि शिक्षण अस्तपाल पुगेका थिए।

    सरकारी टोलीले अनशन फिर्ता लिन आग्रह गरेपछि डा केसीले सरकारका प्रवक्ताले यसअघि नै सोही कुरा सार्वजनिक रूपमा गरिसकेकाले त्यतिका लागि मात्र दुःख नगरेको भएपनि हुने बताएका थिए। सरकारले आफ्ना मागका विषयमा छलफल गर्न सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेका थिए। 

    डा. केसीको स्वास्थ्य नाजुक भैरहँदा सरकारले संवनदहीनता देखाएको भन्दै नागरिक तहबाट व्यापक विरोध भैरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार