Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशीको मुख्यमन्त्री पदमा माओवादीका आङ्बोको दाबी


    शनिबार, असोज २० २०८०
    880
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । सत्तारुढ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

    नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने आङ्बोको तर्क छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ ।

    प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी संसदीय दलका नेता आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । तर कांग्रेस नेतृत्वको सरकारले दुईपटक विश्वासको मत नपाएर उपधारा ३ हुँदै ५ मा पुगेको भन्दै उनले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’

    अहिले तुलात्मक रुपमा माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार