Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ओलीपछि प्रधानमन्त्री प्रचण्डले भेटे माधव नेपाललाई


    शनिबार, असोज २० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ । प्रचण्डली नेपालसँग भेट्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।

    उक्त भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

    अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको उनले बताए ।

    सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि छलफल भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार