Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशीको एमाले संसदीय दल बैठक बस्दै


    शनिबार, असोज २० २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक बस्दै छ ।

    १ बजेदेखि सुरु हुने सदनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक बोलाएका हुन् ।

    बैठक बस्ने तयारी भइरहेको एमाले सम्सदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दैछ ।

    तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था देखिएको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार