Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महामन्त्री शर्माको गुनासो- सरकारले कयौं गल्ती गरेको छ


    शुक्रबार, असोज १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको गुनासो गरेका छन् ।

    महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै अब त्यस्ता गल्ती नगर्न सचेत गराए ।

    आज प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारसँग आग्रह गरे । उनले सरकारले सदनमा पेस गरेको सो विधेयकलाई युग सुहाउँदो परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

    “जघन्य अपराधमा संलग्न व्यक्तिलाई सरकार आममाफीको प्रक्रियाबाट छोड्दै छ । त्यसैले त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालक बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ, त्यसलाई कार्यान्वयन गर्ने समाजले त्यसलाई कति गम्भीर रूपमा लिन्छ ?,” उनले भने, “म अपिल र आग्रह गर्न चाहन्छु, सरकार कयौं निर्णयहरूमा जुन कमजोरी गरिरहेको छ, यो विषयमा गल्ती नगरोस् । शिक्षक आन्दोेलनमा जे भएको थियो । त्यसले प्रस्तुत गरेको एकएक बुँदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरूले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाउनु पर्छ ।”

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार