Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री महतको दाबी- बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल भएको छैन


    शुक्रबार, असोज १९ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री प्रकाशशरण महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको पुष्टि गरेका छन्।

    भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले अर्थतन्त्रमा आएको सिथिलतालाई समाप्त पारेर गति दिन सरकार लागिरहेको बताए।

    मन्त्री महतले निर्माण व्यवसायीहरुको बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने दाबी गरेका छन्।

    ‘निर्माण व्यवसायीको गत असारसम्मको रकम तिर्ने तयारी भएको छ,’ उनले भने, ‘बाहिर मिडियामा भनेजस्तो ठूलो रकम नभई अब ६/७ अर्व मात्रै बाकी छ।’
    उनले सम्बन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिएको बताए।

    राष्ट्रबैकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने अर्थमन्त्रीले दाबी गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार