Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारलाई एमाले सांसद रघुजीको प्रश्न– जनताले यो वर्षको दसैँ कसरी टार्छन् ?


    शुक्रबार, असोज १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दसैँ मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमा सरकारलाई प्रश्न गरेका हुन् ।

    उनले चाडपर्व नजिएसँगै जनताले दसैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको बताए । उनले महँगी नियन्त्रण गर्न मागसमेत गरे ।

    उनले बजारमा एक बोरा चामललाई तीन हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताए । सांसद पन्तले सरकारले दसैँ पेस्कीको रूपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत व्यंग्य गरे ।

    नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दसैंमा घर जाने विद्यार्थीको लागि सरकारी र संस्थानका सवारीको प्रयोग गर्ने प्रवन्ध मिलाउन सरकारसँग माग गरे । उनले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजनाको भुक्तानी गर्न आग्रह गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार