Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘राजा’ शब्द संसदको रेकर्डबाट हटाउन माओवादी सांसदको माग


    शुक्रबार, असोज १९ २०८०
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन आग्रह गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेकोले संसदको रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका हुन् ।

    उनले भने– ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’ उनले महंगी र कालोबजारी बढेको भन्दै बजार अनुगमन गर्न सरकारलाई आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार