Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिङदेनको कडा प्रश्न- राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिग्रियो ?


    शुक्रबार, असोज १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादी र पूर्वराजाका कुन गतिविधिले सामाजिक सद्भाव बिथोलिएको भन्ने नेताहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिथोलियो ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नुपर्‍यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र गतिविधिमा ध्यान दिनुपर्‍यो आग्रह गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको त्यस्तो जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । पूर्वराजा ज्ञानेन्द्रको कुन त्यस्तोगतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिरहेको छ । त्यसको त्यसको जानकारी लिन चाहन्छु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार