Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु


    शुक्रबार, असोज १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गोली लागेको अवस्थामा भेटिएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । उपचारका क्रममा शर्मिला चौधरिको मृत्यु भएको हो ।

    उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

    लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ।

    लक्ष्मण एक पूर्व आईजीपीका निजी सुरक्षा गार्ड हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार