Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्ताे छ आजकाे माैसम


    शुक्रबार, असोज १९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार