Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले गण्डकीको अध्यक्षमा नवराज विजयी


    शुक्रबार, असोज १९ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् ।

    अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष विजयी भएका हुन् ।

    नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ
    निर्वाचित भएका छन् ।

    गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा लमजुङका धनज्वय दवाडीले ५ सय २० मत लिएर विजयी भए ।

    उपसचिवमा कास्कीका दामबहादुर विक निर्वाचित भएका छन् ।
    उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार