Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा


    बिहिबार, असोज १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो ।

    प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले सो निर्णय गरेको हो ।

    नेपाली क्रिकेटमा उनको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताए ।

    एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ऐरीले टी २० मा सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार