Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमतले कारबाही गरेका शिवचन्द्र कुशवाह एमालेमा भित्रिए


    बिहिबार, असोज १८ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह प्रतिपक्षी दल नेकपा एमालेमा भित्रिएका छन् ।

    बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् ।

    १० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी उपनिर्वाचनको केही दिनअघि जनमत पार्टी प्रवेश गरेका थिए । तर सत्ता गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

    तर जनमतले भने अनुशासन उल्लंघन गरेको भन्दै ४ साउनमा कुहवाह सहितका चार नेतालाई कारबाही गरेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार