काठमाडौं । आजदेखि एक दिवसीय विश्वकप क्रिकेट भारतमा सुरु भएको छ । उद्घाटन म्याचमा साविक विजेता ईंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्ड मैदानमा उत्रिदै छन् ।
न्यूजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बलियो ब्याटिङ लाइन अप भएको ईंग्ल्यान्ड यस विश्वकपको पनि उपाधि दावेदार हो ।
न्यूजिल्यान्ड भने प्रमुख तीन खेलाडीको अनुपस्थितिका कारण पहिलो म्याचमा दवावमा छ । उद्घाटन खेल अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु भएको हो । यस म्याचमा अन फिल्ड अम्पायरका रुपमा भारतका नितिन मेनन र श्रीलंकाका कुमार धर्मसेना रहेका छन् भने टिभी अम्पायरमा अष्ट्रेलियाका पल विल्सन छन् ।
ईंग्ल्यान्डका तर्फबाट जोनी बेयरस्टो र डेविड मलानले ब्याटिङ सुरु गरेका छन् । भेट्रान बलर ट्रेन्ट बोल्टले पहिलो ओभर बलिङ गर्न आएका छन् । न्यूजिल्यान्डसँग आज नियमित कप्तान केन विलियम्सन र प्रमुख बलर टिम साउथी छैनन् । उनीहरु चोटका कारण पहिलो म्याच खेल्न असमर्थ रहेका हुन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend