काठमाडौं । आजदेखि एक दिवसीय विश्वकप क्रिकेट भारतमा सुरु भएको छ । उद्घाटन म्याचमा साविक विजेता ईंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्ड मैदानमा उत्रिदै छन् ।
न्यूजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बलियो ब्याटिङ लाइन अप भएको ईंग्ल्यान्ड यस विश्वकपको पनि उपाधि दावेदार हो ।
न्यूजिल्यान्ड भने प्रमुख तीन खेलाडीको अनुपस्थितिका कारण पहिलो म्याचमा दवावमा छ । उद्घाटन खेल अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु भएको हो । यस म्याचमा अन फिल्ड अम्पायरका रुपमा भारतका नितिन मेनन र श्रीलंकाका कुमार धर्मसेना रहेका छन् भने टिभी अम्पायरमा अष्ट्रेलियाका पल विल्सन छन् ।
ईंग्ल्यान्डका तर्फबाट जोनी बेयरस्टो र डेविड मलानले ब्याटिङ सुरु गरेका छन् । भेट्रान बलर ट्रेन्ट बोल्टले पहिलो ओभर बलिङ गर्न आएका छन् । न्यूजिल्यान्डसँग आज नियमित कप्तान केन विलियम्सन र प्रमुख बलर टिम साउथी छैनन् । उनीहरु चोटका कारण पहिलो म्याच खेल्न असमर्थ रहेका हुन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend