Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत


    बुधबार, असोज १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरिएको छ । आज सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरु, विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी विषयमा समेत छलफल भयो ।’

    बैठकमा वर्तमान अन्तर्राष्ट्रिय क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी समीक्षा भएको परिषद्ले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार