Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३१ वर्षीया युवतीकाे ठगी धन्दा: विदेशीको नाममा फेसबुक आईडी बनाइ विवाहकाे प्रलाेभन


    सोमबार, असोज १९ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरि लाखौं रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ की ३१ वर्षीय सीता भुसाल छिन् । सामाजिक सञ्जाल फेसबुकमा विदेशी नागरिकको नाममा नक्कली आईडी खोलेर सीताले ठगी गर्ने गरेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

    सीताले Dr.james sonar  / James andy नामको आईडीबाट नेपालीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने गर्थिन् । फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाई आफू लण्डनको नागरिक हो भनि परिचय दिई सीताले नेपाली नागरिकसँग कुराकानी गरेको खुलेको छ । कुराकानीको क्रममा सीताले विवाह गर्छु भनि विश्वास दिलाई ठगी गर्ने गरेको थापाले बताए ।

    थापाका अनुसार जन्मदिनको अवसरमा सरप्राईज गिफ्ट पठाइदिन्छु भनि सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारेर लाखौ रकम ठगी गरेको पाइएको छ । यद्यपि सीताले यति नै ठगेको खुलेको छैन ।

    पक्राउ परेकी सीतामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार