Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सस्तोमा डलर साट्ने नाममा लुट्ने गिरोह फेरि पक्राउ


    सोमबार, असोज १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। ‘सस्तो मूल्यमा डलर साट्छौ’ भनेर एकान्तमा बोलाएर लुट्ने समूहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्दिबहादुर तामाङ उर्फ चैते र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् । 

    नुवाकोटका पोन्जोम शेर्पालाई पाँचखालको लामिडाँडामा बोलाएर सो समूहले ‘सस्तोमा डलर साटिदिन्छौं’ भन्दै १० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । 

    गत१२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न चारैजना सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का हुन् । लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बुढानिकलण्ठबाट पक्राउ गरेको हो । गोविन्द र बुद्धिलाई सिन्धुपाल्चोकको साँगा चोकबाट र श्रीखण्डलाई बनेपाबाट पक्राउ गरिएको एसपी पौडेलले बताए । 

    आरोपीलाई प्रहरीले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार