Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल भन्छन्- कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन सकिँदैन 


    बुधबार, असोज १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी गरेका छन् ।

    समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे ।

    नेपालले भने, ‘हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पुष्टि त्यतिबेला नै भइसकेको हो । जुन बेला केपी ओलीले संसद विघटन गरे । संविधान मिच्ने काम गरे । त्यसलाई असफल पारेर हामीले राजनीतिक कोर्ष करेक्सन गरेका थियौं । आज हामीले मेचीबाट समाजवादी जागरण अभियान सुरू गरेका छौं । जनताको दुःख सुख, अवस्था, समस्या के छन् ? अब कसरी अगाडि बढ्ने भनेर जनताको बीचमा आएका हौं ।’

    उनले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पारे ।

    उनले भने, ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।’

    उनले कोशीमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी अर्को गठबन्धन नबनाउने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार