विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले उक्त शपथ ग्रहण गरेका हुन् ।
निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले गराएका थिए । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विनोद ढकालबिच प्रतिस्पर्धा भएको थियो ।
ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ४३० मत ल्याए । उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित बन्दा उनका प्रतिस्पर्धी शैलेश लामाले ३८१ मत ल्याए ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशीले ६२८ र खोटाङका देवान राईले ६६१० मत ल्याएर विजयी भएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend