Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने


    बुधबार, असोज १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको उल्लेख गरे ।

    सभाको चौथो अधिवशेन आज सुरु हुँदै छ । यसमा सरकारले दोस्रो पटक जारी गरेको आर्थिक र विनियोजन अध्यादेश टेबल गर्ने कार्यसूची तय गरिएको नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।

    “शनिबार परेकाले मुख्यमन्त्रीले अघिल्लै दिन असोज १९ गते विश्वासको मत लिने विषयमा पनि छलफल भएको छ,” उनले भने ।

    बैठकमा स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबुल गर्ने तय भएको बताइएको छ ।

    सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । २० गते शनिबार परेकोले त्यो दिन बैठक राख्ने/नराख्ने भन्ने प्रदेशसभाले टुंगो लगाइसकेको छैन । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ ।

    भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक करार दिँदै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार