Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान


    सोमबार, असोज १९ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।
     
    त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ । 

     यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार