Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको दाबी- कोशी प्रदेश मध्यावधिमा जानु हुँदैन 


    बुधबार, असोज १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको तर्क गरे ।

    उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’

    अर्को प्रसङ्गमा ओलीले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताएका छन् । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम हुँदैन,’ उनले भने, ‘यो देश र जनताका लागि राम्रो होइन हितकर होइन । अन्य अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’

    ओलीले देशमा काँग्रेसको बोल्ने हविगत नै नभएको पनि बताए । ‘देशमा काँग्रेस कहाँ छ । घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा काँग्रेसका नेताहरू । राजनीतिक गर्ने पार्टीले बोल्नु पर्थ्यो । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन’ उनले भने ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार