Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चौध वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ


    सोमबार, असोज १९ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पीडित परिवारको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध आजै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ ।
     
    घरमा कोही नभएका बेला शनिबार साँझ बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित सरदारलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार पीडितको स्वास्थ्य परीक्षण भएको बताइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार