Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • घरेलु मैदानमै स्तब्ध बन्यो युनाइटेड


    बुधबार, असोज १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । यो सिजन खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा गालातासारेसँग पराजित भएको छ । च्याम्पियन्स लिगको समूह ए अन्तरगतको खेलमा १० खेलाडीमा सीमित बनेको युनाइटेड २–३ गोलले स्तब्ध बनेको हो ।

    खेलका अग्रता भने युनाइटेडले लिएको थियो । युवा खेलाडी रासमस होजलन्डले १७ औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तर यो अग्रता लामो समय टिक्न सकेन । २३ औँ मिनेटमा विल्फ्रेड जाहाले खेल बराबरी गरे ।

    दोस्रो हाफको ६७ औँ मिनेटमा रासमसले पुनः युनाइटेडलाई अग्रता दिलाए । चार मिनेट पछि नै केरेम अक्टुरकोग्लुले गालातासारेका लागि बराबरी गोल फर्काए ।

    ७७ औँ मिनेटमा कासिमेरोले दोस्रो पहेँलो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित बन्यो । गालातासारेले पाएको पेनाल्टीलाई माउरो इकार्डीले गोलमा परिणत गर्न भने चुके । यद्यपि, इकार्डीले ८१ औँ मिनेटमा गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।

    च्याम्पियन्स लिगमा सुरुवाती दुई खेल हारेको युनाइटेडले यो पहिलो अवसर हो । यसले म्यानेजर एरिक टेन ह्यागमाथि थप दबाब परेको छ । यो सिजन युनाइटेडले सबै प्रतियोगिताका १० खेलमध्ये ६ वटा हारिसकेको छ ।

    समूहकै अन्य खेलमा बायर्न म्युनिखले एफसी कोपनहेगनलाई २–१ गोलले हरायो । ६ अङ्कसहित बायर्न समूहको शीर्ष स्थानमा रहेको छ । ४ अङ्कसहित गालातासारे दोस्रो स्थानमा छ । कोपनहेगन १ अङ्कसहित तेस्रो स्थानमा रहँदा युनाइटेड अङ्कविहीन छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार