काठमाडौं । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्य जारी गरिएको हो ।
ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले मंगलबार दिउँसो संयुक्त रूपमा आयोजना गरेको ¥यालीमा ढुंगा प्रहार भएपछि झडप सुरु भएको थियो । बागेश्वरी मन्दिरदेखि सुरु भएको ¥यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा ¥यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।
¥याली नियन्त्रणभन्दा बाहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनले स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन कफ्र्यु लगाइएको बताए । हिन्दू ओमकार परिवारले ठूलो संख्यामा श्रीरामको झन्डासहित ¥याली प्रदर्शन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले नेपालगन्जको अवस्था सामान्य नहुँदासम्म कफ्र्यु आदेश जारी रहने बताउँदै नेपालगन्जको अवस्था प्रशासनले मात्र एक्लै केही गर्न नसक्ने भएकाले सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक अगुवा सबैैले आआफ्नो क्षेत्रबाट पहल गर्न पनि आग्रह गरे ।
बाँके प्रशासनद्वारा जारी कफ्र्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाभित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन, २०२० को दफा ६(क) (१) (३) बमोजिम १६ असोज २०८० दिउँसो १ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।
मंगलबार दिउँसो हिन्दू ओमकार समाजको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरमा जम्मा भएर जयश्रीराम झन्डा लिएर न्युरोड, सेतुविकचोक हुँदै सुर्खेतरोड, बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा अनियन्त्रित भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि सुरु भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको प्रजिअ आचार्यको भनाइ छ ।
उनले नेपालगन्जमा कफ्र्यु आदेशपछि अवस्था क्रमिक रूपले सामान्य भएको बताउँदै प्रदर्शनीका क्रममा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । प्रजिअ आचार्यले नगरमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न नागरिक समाज, राजनीतिक दल, धार्मिक सूमह सबैमा अपिलसमेत गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend