Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रसुति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् ५ शिशु


    सोमबार, असोज १९ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार ५ वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ। 

    ५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार जना जीवित रहेको अस्पतालले जनाएको छ। जीवित जन्मिएका चार शिशुलाई हाल निगरानीका लागि एनआइसियुमा राखिएको छ।  अस्पताल स्राेतका अनुसार आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य छ। 

    शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ। ती महिलाको तीन हप्ता अघि भिडियो एक्सरे गर्दा एक शिशुको गर्भमै मृत्यु भएको थियो।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार