Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जब राष्ट्रपति पौडेलबाट भएको कैद मिनाहामाथि ओली संसदमा गर्जिए


    मंगलबार, असोज १६ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् ।

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।

    आज प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाएका हुन् ।

    ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार