काठमाडौं, असाेज १९
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ६५ हजार २ सय २ संक्रमित उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार १३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ८८ हजार २ सय २९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ३३ जना क्वारेन्टाइनमा छन्। नेपालमा २३ हजार ५ सय ७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।