काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने भन्दै आक्रोश पोखेका छन्।
डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने पनि उनले बताए।
प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले भने, ‘सम्झौता भएको २४ घन्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको छ। डाक्टरमाथि आक्रमण हुँदा ‘जेल उइथ आउट बेल’ हुन्छ भन्ने डर हुँदैन अनि उपभोक्तालाई वैधानिक गुनासोको भर हुँदैन यस्तो घटना दोहोरिइरहन्छ।’
नेपाल चिकित्सक संघ र डाक्टरहरूसँग सरकारले यसपटक गरेको सम्झौता अक्षरस कार्यान्वयन हुनुपर्ने उनले बताए। ‘यो कार्यान्वयन गर्न संसदको मद्दत चाहिन्छ, हामी त्यसका लागि तयार छौं,’ उनले भने, ‘तर यतिले पुग्दैन, स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाई हुँदै हुँदैन।’
पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री भएका बेला पहिले जनशक्ति र पूर्वाधार विकास तथा व्यवस्थापनको एकीकृत खाकासहित एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड बनाइएको थापाले बताए।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend