Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा लागूऔषध बिक्री गर्दै हिंडेका पाँच जना युवा पक्राउ


    सोमबार, असोज १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की। लागूऔषध बिक्री गर्दै हिंडेका पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

    लागूऔषधओसारपसार र बिक्री बितरण हुदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा असोज १७ गते   कास्की तुम्केस्थितमा बाटोमा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.१६ जोगमणी बस्ने बर्ष २१ को समिर गुरुङ,अथित गुरुङ,मोहित खवास,मनोज बिक र कुमार ठकुरी रहेका छन्।

    उनीहरुको साथबाट  डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ के.जी २२३  बरामद गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले वताए।

    उनीहरुलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट  ७ म्याद थप गरी थप अनुसन्धान भईहेको डिएसपी  हमालले वताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार