Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विरोधका बीच प्रदेश ५ सभामा राजधानी सम्बन्धी प्रस्ताव पेश, कांग्रेस सांसदले गरे कुर्सी तोडफोड


    सोमबार, असोज १९ २०७७
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ।

    प्रदेशसभा प्रदेश सरकार तर्फबाट प्रदेशको नामाकरण तथा राजधानी निर्धारणसम्बन्धी कार्यविधि पेश गरेपछि प्रदेशसभामा विरोध भैरहेको छ।

    सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए।

    मर्यादा पालकले मन्त्री केसीलाई रोष्ट्रममा पुर्‍याएका थिए। पछि मन्त्री केसी प्रस्ताव छलफलका लागि पेश गरेका छन्। 

    विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्। उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन्।

    अहिले सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार