Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसियाली खेलको क्रिकेटमा नेपाल भारतसँग भिड्दै


    सोमबार, असोज १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग भिडन्त गर्ने भएको छ।

    आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलाे पटक भारतसँग ओडीआई खेलेकाे नेपालले एसियन गेम्समा भारतसँग पहिलाे पटक टी-२० आई खेल्ने भएकाे हाे ।

    उक्त समूह चरणमा नेपालले मंगोलिया र माल्दिभ्सलाई हराएको थियो । नेपाल र भारतको खेल भोलि मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ ।

    अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार