काठमाडौं । नेपाल प्रहरीले डीआईजीहरुको सरुवा गर्न लागेको छ । सामान्यतया एक बर्ष अवधि पूरा गरेपछि मात्र डीआईजी सरुवा गर्ने प्रचलन रहँदैआएको छ । तर पछिल्ला दिनमा ६ महिनामै एआईजी र डीआईजीको परिवर्तन गर्ने क्रम सुरु भएको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीलाई ६ महिना नपुग्दै सरुवा गरियो । काठमाडौं परिसरका प्रमुख दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका मनोज केसी पनि ६ महिनामै सरुवा भएका थिए ।
कोशीका डीआईजी राजेशनाथ बाँस्तोला, मधेशका जनक भट्टराई, सुदूरपश्चिम प्रदेशका भरत बोहराको सरुवा भएको ६ महिनामात्र भएको छ । उनीहरुको सरुवा गएको बैशाख १३ मा भएको थियो । बागमती प्रदेशका किरण राणा र लुम्बिनीका उमेश जोशीको ७ महिना पुगेको छ । गण्डकीका डीआईजी बुद्धि गुरुङ र कर्णालीका भीम ढकालको ९ महिना पुगेको छ । प्रदेशको कमाण्ड गर्न नसकेका केही डीआईजीहरुलाई सरुवा गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको स्रोतले बताएको छ ।
सरुवाको चर्चा हुनासाथ सबैभन्दा बढी दबाब मधेश प्रदेश, त्यसपछि लुम्बिनी र कोशीको डीआईजीका लागि पर्ने गरेको छ । सबै प्रदेशको डीआईजीको सुविधा समान भए पनि मधेश, लुम्बिनी र कोशी प्रदेशकै लागि दबाब पर्नुको मुख्य कारण ती प्रदेशका सीमानाकाबाट हुने तस्करी र त्यसबाट हुने आर्थिक लाभलाई मानिएको छ । कोशीमा सुपारीको लाइन चल्ने भएकाले पनि आकर्षण छ । गण्डकीमा सीमा नाका नभएकाले आकर्षण छैन । कर्णाली प्रदेश त कसैको प्राथमिकतामै पर्दैन ।
मधेश प्रदेशको डीआईजीका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका लालमणि आचार्य, अपराध अनुसन्धान निर्देशनालयका सुरेन्द्र मैनाली, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका केदार ढकाल, उपत्यका ट्राफिक प्रहरी कार्यालयका पोषराज पोखरेलदेखि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का यज्ञविनोद पोखरेल र विकासराज खनालसम्म लागेका छन् ।
डीआईजी आचार्यलाई मधेशमा लान उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले समेत जोडबल गरिरहेका छन् । सुरेन्द्र मैनालीले आफ्ना काकाससुृरा भरत जीसीमार्फत् पनि मधेशमा जान पहल गरिरहेका छन् । लालमणिले मधेश नपाए लुम्बिनीमा जानका लागि लबिङ गरिरहेका छन् । मैनाली पनि मधेश नपाए लुम्बिनी प्रदेशमा सरुवा हुने दाउमा छन् । यज्ञविनोद पोखरेलले पनि मधेश नै ताकेका छन्, मधेश नभए उनले कोशी प्रदेशका लागि प्रयास गरिरहेका छन् । मधेश नपाए कोशी प्रदेशमा जानका लागि लाग्नेमा पोषराज पोखरेल र केदार ढकाल पनि लागेका छन् । लुम्बिनी प्रदेशमा सरुवाका लागि भरतपुर शिक्षालयकी दुर्गा सिंह पनि उत्तिकै लागेकी छन् ।
विकासराज खनाल मधेश नभए बागमती र त्यो पनि भए गण्डकीमै चित्त बुझाउन समेत तयार भएको बताइन्छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत र एकेडेमीका रविन्द्र केसी पनि बागमती सरुवा हुने कोसिसमा छन् ।
शक्तिशाली डीआईजीहरु मधेश, कोशी र लुम्बिनीमा सरुवा हुन लागिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अर्जुन चन्द ठकुरी र रामदत्त जोशी भने सुदूरपश्चिम प्रदेशममै चित्त बुझाउनुपर्ने अवस्थामा छन् । कुवेर कडायत पनि अन्त नपाए सुदूरपश्चिम नै भए पनि जाने पक्षमा रहेको बताइन्छ ।
मधेश र गण्डकीका डीआईजीको कमाण्ड कन्ट्रोलमाथि नै प्रश्न उठेपछि सरुवा गर्न लागिएको स्रोतले बताएको छ । गण्डकीका डीआईजी बुद्धि गुरुङले मणिपाल कलेजका चिकित्सकमाथि भएको आक्रमणमा कास्कीका एसपी मोहन थापालाई जोगाई बैदामका डीएसपी बेदप्रकाश जोशी र इन्स्पेक्टर मदन श्रेष्ठलाई सरुवा र निलम्बन गरेपछि विवादमा परेका छन् । घटनास्थलको प्रत्यक्ष कमाण्डमा एसपी थापा नै भए पनि उनलाई उन्मुक्ति दिएपछि डीआईजी गुरुङकै सरुवा गर्ने पक्षमा प्रहरी नेतृत्व पुगेको बताइएको छ ।
मधेश प्रदेशका डीआइजी जनक भट्टराईको कमाण्ड कन्ट्रोलमा पनि प्रश्न उठेको छ । असोज ९ गते बाराको पचरौता नगरपालिकामा गोली हानी एकजनाको हत्या भएको थियो । असोज ८ मै पचरौता नगरपालिका १ मा पर्ने नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सशस्त्र प्रहरीका एक पूर्व जवानको शव फेला परेको थियो । मधेश प्रदेशका सिरहा, धनुषा, रौतहट जस्ता जिल्लाबाट हुने भन्सारछली तस्करी नियन्त्रणमा पनि उनले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप छ ।
बागमती प्रदेशका डीआईजी किरण राणाले कारबाहीमा परेका र दरबन्दी अन्यत्र भएका सुरेन्द्र साहजस्ता विवादित घुमुवालाई हेटौंडाको रातमाटेमा राखी तस्करीलाई बढावा दिएको आरोप छ । जबकि आईजीपी कुँवरको डीआइजी हुँदादेखिकै काजमा नराख्ने नीति रहेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend