Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेश ५ को नेकपा संसदीय दलको बैठक सुरु


    सोमबार, असोज १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान ७ बजेका लागि बोलाइएको प्रदेश ५ को सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको  बैठक सुरु भएको छ । बैठक ११ बजेपछि सुरु भएको हो ।

    तोकिएको समयभन्दा बैठक ढिला सुरु भएको छ । कडा सुरक्षाको बीच बैठक सुरु भएको छ । बैठकस्थल बाहिर व्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ ।

    मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक समेत डाकिएको छ ।

    केही बेरअघि प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन् । सांसद श्रेष्ठ संसदीय दलको बैठकमा अनुपस्थित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार