Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे संसद्लाई जानकारी गराए


    आइतबार, असोज १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र सुन तस्करीबारे छानबिन आयोग गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई जानकारी गराएका छन् ।

    आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गर्ने निर्णय भएको जानकारी गराए ।

    यस्तै वर्तमान चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि मूल्य वृद्धि फिर्ता गर्न आफूले नेपाल आयल निगमलाई निर्देशन दिएको पनि बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार