काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुटवलमै प्रदेश राजधानी कायम राख्न माग गरेका छन्।
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेता खाणले राजनीतिक पूर्वाग्रही राखेर राजधानी सार्न खोज्नु नागरिकको भावना विपरीत भएको दावी गरेका छन् । उनले प्रदेशको राजधानी बुटवलमै हुनुपर्ने माग गरेका छन् ।
नेता खाणले सोमबार विज्ञप्ति जारी गर्दै राजधानी सार्ने प्रस्तावको विरोधमा भइरहेका शान्तिपूर्ण विरोधमा धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हुने गरी निषेधाज्ञा जारी गर्ने, आमनागरिकमा डर त्रास भय सिर्जना गर्ने र धरपकड गरी गिरफ्तार गर्ने जस्ता कार्य गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिक, व्यवसायी, पत्रकार, नेता कार्यकर्तालाई तानाशाही रूपमा प्रक्राउ गर्नु खेदजनक छ।’
उनले प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिन समेत रुपन्देहीबासीलाई आग्रह गरेका छन्।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend