काठमाडौं । चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । आइतबार बिहान नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।
सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल थालेका छन् । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । तर नेकपा एमालेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नगरिएको भन्दै संसद सन्चालनमा सरकारलाई ‘असहयोग’ गर्ने चेतावनी दिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend