Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशीको एमाले उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत


    आइतबार, असोज १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् ।

    अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुने छ ।

    सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । दुई उपसचिवका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीको उम्मेदवारी दर्ता भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार