Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शीर्ष स्थानको जिरोनालाई हरायो रियलले


    आइतबार, असोज १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शीर्ष स्थानमा रहेको जिरोनामाथि शानदार जीत हासिल गर्दै रियल मड्रिड आफै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।

    खेलको १७ औँ मिनेटमा जुड बेलिङह्यामले जोसेलुलाई गोलको अवसर सिर्जना गरेका थिए । २१ औँ मिनेटमा टोनी क्रुसको पासमा औरेलियन टुअमानीले रियलको अग्रता दोब्बर बनाए ।
    दोस्रो हाफको ७१ औँ जुसेलुले बेलिङह्यामका लागि गोलको अवसर सिर्जना गरे । सिजनमा बेलिङह्यामको यो सातौँ गोल हो । इन्जुरी समयमा नाचोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो ।

    ८ खेलपछि २१ अङ्कसहित रियल शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २० अङ्कसहित दोस्रो रहेको छ भने जिरोना १९ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार