Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • एमाले कोशीको अध्यक्षका लागि ढकाल र खतिवडाको मनोनयन दर्ता


    शनिबार, असोज १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सहमतिकाे प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् ।

    अन्य पदका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिरहेका छन् । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

    मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्ने छ ।

    ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार