Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वविद्यालयमा जागिर खान आएको होइनः नवनियुक्त उपकुलपति प्राडा अर्याल


    सोमबार, असोज १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गण्डकी । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयका लागि आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उहाँले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विश्वविद्यालयको समस्या र अन्यौलता समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको उहाँले बताउनुभयो । “म जागिर खान आएको होइन,” उहाँले भन्नुभयो, “मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ ।” उहाँले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको जनाउनुभयो ।

    विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल इञ्जिनीरिङ्गका स्कूल निर्देशक डा रामप्रसाद अर्यालय, विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, प्राध्यापक सङ्घका अध्यक्ष हेमराज पाण्डे तथा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित र सहप्रशासक तारा सापकोटाले विश्वविद्यालयका समस्या र सुधारका बारेमा सुझाव प्रस्तुत गर्नुभएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार