Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजा ज्ञानेन्द्र भन्छन्- नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको छ


    शनिबार, असोज १३ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको धारणा व्यक्त गरेका छन् ।

    शनिबार विज्ञप्ति जारी गर्दै उनले चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व कीर्तिमानले नेपालीको गौरव बढाएको जनाएका हुन् ।

    वक्तव्यमा लेखिएको छ, ‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी–२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र नेपाली खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ, देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनुपरेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकूलताको बाबजुद जुन सफलता हासिल गरेका छन्, यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार