Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए


    शनिबार, असोज १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किँएका छन् । आठ दिनको चीन भ्रमण सकेर उनी आज शनिबार स्वदेश फर्किएका हुन् ।

    संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए । ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा गएका थिए ।

    चीनमा रहँदा उनले राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुका साथै एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाए ।

    त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए ।

    उक्त भेटका क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार