Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री रिजाल भन्छन्- ढुंगा गिट्टी उत्खनन् गरिएन भने तराई मरुभूमि हुन्छ


    शुक्रबार, असोज १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ढुंगा गिट्टी उत्खनन्का लागि कानुनी व्यवस्था भइरहेको दाबी गरेका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्दा यसलाई गलत तरिकाले हेर्न नहुने बताए ।

    “हामीले कानुन बनाउन नसक्दा समस्या उत्पन्न भएको हो । कानुन निर्माणको चरणमा छ”, उनले भने, “बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्नुपर्छ । तर नियम र मापदण्ड अनुसार हुनुपर्छ । तराईमा ढुंगा गिट्टी उत्खनन् नगरिए तराई मरुभूमि हुन्छ ।”

    हरेक ठाउँमा हुने हस्तक्षेपले काम हुन नसकेको उनको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार