Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कारीलाई उन्मुक्ति दिन खाज्ने ८ जना पञ्च पक्राउ


    आइतबार, असोज १८ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । सिराहामा १६ बर्षीया किशोरीलाई बलात्कार गर्ने युवक र मिलाउन खाज्ने ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–१ का ५२ बर्षीय सिंहेश्वर साह, २२ बर्षीय अरविन्दकुमार साह, ४५ बर्षीय शत्रुधन साह, ४७ बर्षीय राजकुमार साह, ४२ बर्षीय राम उदगार यादव, ६१ बर्षीय जगवीर यादव, ४८ बर्षीय राजकुमार यादव, ३५ बर्षीय रौदी भनिने श्यामसुन्दर यादव रहेका प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

    प्रहरीका अनुसार पक्राउ परेकाहरू ५ लाख रूपैयाँको कपाली तमसुक बनाएर बलात्कारीलाई उन्मुक्ति दिन खाेज्ने पञ्च हुन् ।उनीहरूले सिराहामा १६ बर्षीया किशोरीलाई बलात्कार गर्ने युवकलाई ५ लाख रूपैयाँकाे कपाली तमसुक बनाएर उन्मुक्ति दिन खाेजेका थिए ।

    बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेका थिए ।

    घटना थाहा पाएपछि अभियुक्तलाई उन्मुक्ति दिलाउन गाउँमै पञ्चायती बस्यो । पञ्चले अभियुक्तका आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाख रुपैयाँको तमसुक बनाएर जगवीर यादवको जिम्मा लगाएको खुलेको छ ।

    सिंहेश्वर र शत्रुधनलाई ऋणी बनाएर तमसुक बनाइएको र तमसुकमा उल्लेखित रकम पीडित परिवारलाई दिने सहमति भएको खुलेको छ । बलात्कार घटना लेनदेनमा मिलापत्र भएको सूचना पाएपछि प्रहरीले यस्तो पञ्चायतीमा संलग्न आठ जनासहित बलात्कारमा संलग्नको आरोप लागेका मुकेशलाई समेत पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार