Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमतले कुनै दलसँग एकता र गठबन्धन नगर्ने


    बिहिबार, असोज ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने बताएको छ ।

    बिहीबार पत्रकारसँगको छलफलमा जनमतका प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने तर पार्टी एकता र गठबन्धन नगर्ने प्रष्ट पारेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध रहेको भन्दै उनले पार्टी एकता र गठबन्धन भने नगर्ने बताए । यस्तै प्रवक्ता यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सप्तरीमा चुनाव लडेपछि मनमुटाब भएको तर अहिले त्यस्तो नरहेको पनि बताए ।

    मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारमा जनमत पनि सहभागी रहेको भन्दै उनले राजनीतिक सम्बन्ध पनि राम्रो रहेको बताए ।

    प्रवक्ता यादवले नागरिक उन्मुक्ति र लोसपासँग उपराष्ट्रपतिका लागि मोर्चाबन्दी भएको तर उनीहरुले धोका दिएपछि मोर्चा अगाडि नबढेको बताए ।

    उनले भने,’जनमत पार्टी मिसन २०८४ मा लागेको छ । आउने चुनावमा कम्तीमा दुई वटा प्रदेशमा बहुमत ल्याउँछौँ , सरकार पनि बनाउँछौँ । संघमा पनि बलियो उपस्थिति देखाउने गरी तयारी भइरहेको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार