काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मात्रै विधिको शासन र सुशासनमा बलियो खुट्टा टेक्ने हो भने कर्मचारी प्रशासनभित्रको भ्रष्टाचार ९० प्रतिशत कम हुन्छ । तर पैसा, पावर र प्रलोभनमा विधिको खिल्ली उडाएर सरुवाको आतंक मच्चाइन्छ भ्रष्टाचार त्यहीँबाट सुरु हुन्छ ।
मन्त्री, सचिव, सहसचिव वा यस्तै अन्यलाई लाखौं बुझाएर कार्यकारी प्रमुख तथा विभिन्न विभागहरुको हाकिम हुन पुगेकाहरुले बुझाएको भन्दा दोब्बर, तेब्बर कसरी असुल्ने भनेर अनियमितताको धन्दा सुरु गरिहाल्छन् । कर्मचारी प्रशासनतर्फकै रहेछन् भने ठाडै अनियमित काम गर्न डराउँछन् । किनभने उनीहरुको करिअरको पनि सवाल हुन्छ ।
तर जव जनप्रतिनिधिहरुले नियमित कर्मचारीलाई हाजिर गराउन नदिएर आफ्नो अनुकूलको वा निमित्तबाट काम चलाउन खोज्छन्, भ्रष्टाचारको गन्ध त्यहीँबाट आउँछ । अन्य सेवाका कर्मचारीहरुलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु भनेको अनियमितता गर्ने अनुमति दिनु सरह हो ।
माओवादी केन्द्रका तर्फबाट यसअघिका सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भएका निमित्तहरुको संख्या घटाएर नियमित कर्मचारी पठाए । मधेशका खाली रहेका कैयौं पालिकाहरुमा उपसचिव र शाखा अधिकृत गए । निमित्त कसैलाई पनि दिएनन् । निमित्त हटाउने अभियान नै चलाए । काठमाडौं र आसपासका मालदार अड्डामा बर्षाैंदेखि शक्तिको आडमा डेरा जमाएकालाई विकट र मेधेश खटाए । उनको यो कार्यको प्रशंसा नै भएको थियो ।
तर आफूलाई मधेशमा क्रान्तिकारी छविको हिमायती नयाँ शक्ति ठान्ने डा. सीके रावत नेतृत्वको पार्टीले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नै विकृतिको खेल सुरु भएको छ ।
मन्त्रालयको मन्त्रीमा अनिता देवी छन् । सचिवमा विनोदप्रकाश सिंह आएका छन् । उनैले मन पराएका र योजना आयोगका सदस्य सीके राउतकै दाजु डा. जयप्रकाश राउतले पठाएका सुमन दाहाल सहसचिव छन् । सचिवले मन पराएका संघ हेर्ने उपसचिव छन् भने सहसचिवले ल्याएका स्थानीय तह हेर्ने अर्का उपसचिव छन् ।
पुराना मन्त्रीका सवै टिम फालेर नयाँ टिम ल्याएका मन्त्री र सचिवले नै अहिले सामान्य प्रशासनमा विकृतिको जडो मानिएको निमित्त दिने खेलो सुरु गरेका छन् ।
मन्त्री अनितालाई मन्त्रालयमा जानु अघि उनको पार्टीका अध्यक्ष सीके राउतले पार्टीको बदनाम हुने कुनै पनि काम नगर्न, पार्टीको शीर उचो हुनेगरी राम्रा काम गर्न निर्देशन दिएका थिए । तर, नयाँ सचिव सिंह, सहसचिव दाहाल, मन्त्रीका श्रीमान र सीके राउतका दाजुको समेच सरुवामा अस्वभाविक रुची हुँदा सुधारका काम ओझेलमा पर्ने, विकृतिका काम सुरु हुने देखिएको हो ।
यो कुनै आरोप होइन । केही दिनअघि मात्रै सामान्य प्रशासन मन्त्रालयले सोलुखुम्बुको सोताङ गाउँपालिकामा छैटौं तहका शाखा अधिकृत श्रीध्वज राईलाई निमित्त दिएको छ । सचिव सिंह र सहसचिव दाहालको रुची अनुसार मन्त्री अनिताले आनाकानी गर्दागर्दै उनलाई निमित्तको पत्र दिएर सोताङ पठाएको मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
केही दिनअघि मात्रै अर्को पालिकामा पनि निमित्त दिइएको छ । त्यो पालिका हो पर्वतको कुस्मा । कुस्मा नगरपालिकामा विष्णुप्रसाद तिवारी पुगेका छन् । उनलाई पनि राईसँगै निर्णय गरेर कुस्मा पठाइएको हो । तिवारी शिक्षा समूहका दशौं तहका उपसचिव हुन् ।
संयोग यस्तो छ कि दुवै स्थानीय तहका अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । सचिव सिंह पनि बुढानीलकण्ठलाई नै रिझाएर भाउजू दाहिना बनाएपछि सामान्यमा आएको चर्चा कर्मचारीहरुले गर्ने गरेका छन् । उनलाई यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहबाट हटाएका थिए । गृहबाट हटेपछि उनी प्रधानमन्त्री कार्यालयमा थन्किएका थिए ।
बेथिति यतिमा मात्र सीमित छैन, नयाँ मन्त्री आएपछि नगरपालिकाहरुमा समेत शाखा अधिकृतलाई जिम्मेवारी दिन थालिएको छ । जव कि यसअघि गाउँपालिकाहरुमा अनिवार्य शाखा अधिकृत र नगरपालिकाहरुमा उसचिव र सहसचिव पठाउने गरिएको थियो ।
अहिले पनि काठमाडौंसहित विभिन्न मन्त्रालय र अड्डाहरुमा सैयौंको संख्यामा कर्मचारीहरु बरण्डामा छन् । तर कतिपय पालिका खाली छन्, कतिपय पालिकाहरुमा एउटै अधिकृतले काम चलाएका छन् । कतिपयमा निमित्तको कुशासन चलाइएको छ भने कतिपय स्थानमा दरबन्दी भन्दा तल्लो तहकाले काम चलाइरहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयमा सीके राउतको पार्टीको नाममा बिचौलिया हरेन्द्र चौधरीले मन्त्री अनितादेवी साह र उनका परिवारक सदस्यहरुसँग कनेक्सन मिलाएर सरुवा, ठेक्कापट्टाको काम गर्ने गरेका छन् । मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरुले हरेन्द्रका कारण मन्त्री र पार्टीको बदनाम भएकाले उनलाई रुचाउँदैनन्, तर अनितादेवीकै संरक्षणमा उनले होटलदेखि सिंहदरबारका क्यान्टिनहरुमा समेत सरुवाको मोलमोलाई गर्ने गरेका छन् ।
मधेशको नयाँ शक्तिको वकालत गर्ने डा. सीके राउतको मन्त्री अनिताले मन्त्रालयभित्र देखिएको यो दृष्य अनुमोदन गरिरहेकी छा् । यसले देशमा भ्रष्टाचार मौलाउने मात्र होइन, राउतको जनमत पार्टीले दिने कर्मचारी प्रशासनभित्रको कुशासनको पनि प्रष्ट छनक दिएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend