काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मात्रै विधिको शासन र सुशासनमा बलियो खुट्टा टेक्ने हो भने कर्मचारी प्रशासनभित्रको भ्रष्टाचार ९० प्रतिशत कम हुन्छ । तर पैसा, पावर र प्रलोभनमा विधिको खिल्ली उडाएर सरुवाको आतंक मच्चाइन्छ भ्रष्टाचार त्यहीँबाट सुरु हुन्छ ।
मन्त्री, सचिव, सहसचिव वा यस्तै अन्यलाई लाखौं बुझाएर कार्यकारी प्रमुख तथा विभिन्न विभागहरुको हाकिम हुन पुगेकाहरुले बुझाएको भन्दा दोब्बर, तेब्बर कसरी असुल्ने भनेर अनियमितताको धन्दा सुरु गरिहाल्छन् । कर्मचारी प्रशासनतर्फकै रहेछन् भने ठाडै अनियमित काम गर्न डराउँछन् । किनभने उनीहरुको करिअरको पनि सवाल हुन्छ ।
तर जव जनप्रतिनिधिहरुले नियमित कर्मचारीलाई हाजिर गराउन नदिएर आफ्नो अनुकूलको वा निमित्तबाट काम चलाउन खोज्छन्, भ्रष्टाचारको गन्ध त्यहीँबाट आउँछ । अन्य सेवाका कर्मचारीहरुलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु भनेको अनियमितता गर्ने अनुमति दिनु सरह हो ।
माओवादी केन्द्रका तर्फबाट यसअघिका सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भएका निमित्तहरुको संख्या घटाएर नियमित कर्मचारी पठाए । मधेशका खाली रहेका कैयौं पालिकाहरुमा उपसचिव र शाखा अधिकृत गए । निमित्त कसैलाई पनि दिएनन् । निमित्त हटाउने अभियान नै चलाए । काठमाडौं र आसपासका मालदार अड्डामा बर्षाैंदेखि शक्तिको आडमा डेरा जमाएकालाई विकट र मेधेश खटाए । उनको यो कार्यको प्रशंसा नै भएको थियो ।
तर आफूलाई मधेशमा क्रान्तिकारी छविको हिमायती नयाँ शक्ति ठान्ने डा. सीके रावत नेतृत्वको पार्टीले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नै विकृतिको खेल सुरु भएको छ ।
मन्त्रालयको मन्त्रीमा अनिता देवी छन् । सचिवमा विनोदप्रकाश सिंह आएका छन् । उनैले मन पराएका र योजना आयोगका सदस्य सीके राउतकै दाजु डा. जयप्रकाश राउतले पठाएका सुमन दाहाल सहसचिव छन् । सचिवले मन पराएका संघ हेर्ने उपसचिव छन् भने सहसचिवले ल्याएका स्थानीय तह हेर्ने अर्का उपसचिव छन् ।
पुराना मन्त्रीका सवै टिम फालेर नयाँ टिम ल्याएका मन्त्री र सचिवले नै अहिले सामान्य प्रशासनमा विकृतिको जडो मानिएको निमित्त दिने खेलो सुरु गरेका छन् ।
मन्त्री अनितालाई मन्त्रालयमा जानु अघि उनको पार्टीका अध्यक्ष सीके राउतले पार्टीको बदनाम हुने कुनै पनि काम नगर्न, पार्टीको शीर उचो हुनेगरी राम्रा काम गर्न निर्देशन दिएका थिए । तर, नयाँ सचिव सिंह, सहसचिव दाहाल, मन्त्रीका श्रीमान र सीके राउतका दाजुको समेच सरुवामा अस्वभाविक रुची हुँदा सुधारका काम ओझेलमा पर्ने, विकृतिका काम सुरु हुने देखिएको हो ।
यो कुनै आरोप होइन । केही दिनअघि मात्रै सामान्य प्रशासन मन्त्रालयले सोलुखुम्बुको सोताङ गाउँपालिकामा छैटौं तहका शाखा अधिकृत श्रीध्वज राईलाई निमित्त दिएको छ । सचिव सिंह र सहसचिव दाहालको रुची अनुसार मन्त्री अनिताले आनाकानी गर्दागर्दै उनलाई निमित्तको पत्र दिएर सोताङ पठाएको मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
केही दिनअघि मात्रै अर्को पालिकामा पनि निमित्त दिइएको छ । त्यो पालिका हो पर्वतको कुस्मा । कुस्मा नगरपालिकामा विष्णुप्रसाद तिवारी पुगेका छन् । उनलाई पनि राईसँगै निर्णय गरेर कुस्मा पठाइएको हो । तिवारी शिक्षा समूहका दशौं तहका उपसचिव हुन् ।
संयोग यस्तो छ कि दुवै स्थानीय तहका अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । सचिव सिंह पनि बुढानीलकण्ठलाई नै रिझाएर भाउजू दाहिना बनाएपछि सामान्यमा आएको चर्चा कर्मचारीहरुले गर्ने गरेका छन् । उनलाई यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहबाट हटाएका थिए । गृहबाट हटेपछि उनी प्रधानमन्त्री कार्यालयमा थन्किएका थिए ।
बेथिति यतिमा मात्र सीमित छैन, नयाँ मन्त्री आएपछि नगरपालिकाहरुमा समेत शाखा अधिकृतलाई जिम्मेवारी दिन थालिएको छ । जव कि यसअघि गाउँपालिकाहरुमा अनिवार्य शाखा अधिकृत र नगरपालिकाहरुमा उसचिव र सहसचिव पठाउने गरिएको थियो ।
अहिले पनि काठमाडौंसहित विभिन्न मन्त्रालय र अड्डाहरुमा सैयौंको संख्यामा कर्मचारीहरु बरण्डामा छन् । तर कतिपय पालिका खाली छन्, कतिपय पालिकाहरुमा एउटै अधिकृतले काम चलाएका छन् । कतिपयमा निमित्तको कुशासन चलाइएको छ भने कतिपय स्थानमा दरबन्दी भन्दा तल्लो तहकाले काम चलाइरहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयमा सीके राउतको पार्टीको नाममा बिचौलिया हरेन्द्र चौधरीले मन्त्री अनितादेवी साह र उनका परिवारक सदस्यहरुसँग कनेक्सन मिलाएर सरुवा, ठेक्कापट्टाको काम गर्ने गरेका छन् । मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरुले हरेन्द्रका कारण मन्त्री र पार्टीको बदनाम भएकाले उनलाई रुचाउँदैनन्, तर अनितादेवीकै संरक्षणमा उनले होटलदेखि सिंहदरबारका क्यान्टिनहरुमा समेत सरुवाको मोलमोलाई गर्ने गरेका छन् ।
मधेशको नयाँ शक्तिको वकालत गर्ने डा. सीके राउतको मन्त्री अनिताले मन्त्रालयभित्र देखिएको यो दृष्य अनुमोदन गरिरहेकी छा् । यसले देशमा भ्रष्टाचार मौलाउने मात्र होइन, राउतको जनमत पार्टीले दिने कर्मचारी प्रशासनभित्रको कुशासनको पनि प्रष्ट छनक दिएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend