Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बलात्कार मुद्दा खेपिरहेका श्रीलंकाका क्रिकेटर गुणथिलका निर्दोष साबित


    बिहिबार, असोज ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एक महिलालाई बलात्कार गरेको आरोप लागेका श्रीलंकाली क्रिकेटर दनुस्का गुणथिलका निर्दोष साबित भएका छन् । उनीविरुद्ध गत नोभेम्बरमा अस्ट्रेलियाको सिड्नीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

    गत वर्षको टी-२० विश्वकप खेल्न अस्ट्रेलिया गएको बेला गुणथिलकामाथि बालात्कारको आरोप लागेको थियो । टी-२० विश्वकप सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ अस्ट्रेलियामा आयोजना भएको थियो ।

    बलात्कारको आरोप लागेपछि श्रीलंका श्रीकेट (एसएलसी) ले गुणथिलकालाई निलम्बन गरेको थियो ।

    ती महिलाले गुणथिलकाले आफूमाथि पटक-पटक बलात्कार भएको आरोप लगाएकी थिइन् । त्यसपछि सिड्नीको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

    लामो समयसम्मको सुनुवाइपछि गुणथिलका न्यु साउथ वेल्स जिल्ला अदालतबाट निर्दोष साबित भएका हुन् । न्यायालयबाट निर्दोष साबित भएपछि गुणथिलकाले आफू छिट्टै पुनः क्रिकेटमा फर्कने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार