Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वार्ता टोली गठन गर्न संघकाे ७२ घण्टे अल्टिमेटम


    आइतबार, असोज १८ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको स्थितिप्रति बेवास्ता गरेकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गरी डा.केसीको १९ औं आमरण अनसनका सम्बन्धमा संघका तर्फबाट सरकारको ध्यानाकर्षण गराइसकिएको तर २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता टोली समेत गठन नगरेको भन्दै गम्भिर ध्यानकर्षण भएको जनाएको हो ।

    संघका महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा डा.केसीको जीवन रक्षाका लाथि हुनसक्ने  विरोधका कार्यक्रमहरुलाई मध्यनजर गर्दै सरकारले यथाशिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यामबाट उत्पन्न समस्याको समाधान गर्न आग्रह गरेको छ ।

    संघले ७२ घण्टाभित्र वार्ता टोली गठन गरी डा.केसीको जीवन रक्षाका लागि कुनै पहल अघि नबढाइए जस्तोसुकै कठोर कदम चाल्न वाध्य हुने र यसबाट उत्पन्न हुनसक्ने गम्भिर परिस्थितिप्रति सरकारनै जिम्मेवार हुने चेतावनी दिएको छ ।  जुम्लाबाट केही दिनअघि काठमाडौं आएका डा.केसी केही दिनअघि देखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार